टि–२० स्म्याश : शतप्रतिशत जितका साथ नेपाल समूह विजेता

(तस्विर : थाइल्याण्ड क्रिकेट)

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी वुमन्स टि–२० स्म्याश च्याम्पियनसिपतर्फ नेपालले समूह ए तर्फ शतप्रतिशत जित निकाल्ने क्रममा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको छ । प्रतियोगिताको यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल बुधबारको जितसँगै समूह विजेता बन्यो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ३.३ ओभर बलिङ गर्दै १९ रनमा अलआउट गरेको थियो । नेपालका लागि आरती बिडारीले ३ विकेट लिईन् भने इन्दु वर्मा र सरीता मगरले २–२ विकेट हात पारे । त्यस्तै कप्तान रुबीना क्षेत्री, सोनु खड्का र सीता राना मगरले १–१ लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने क्रिजमा केवल १५ मिनट मात्र खर्चियो । नेपालले सहज जित हात पार्ने क्रममा ३.३ ओभर खेल्दै १ विकेटको क्षतिमा २० रन बनाएर जित हात पार्यो । नेपालका लागि ममता चौधरीले ८ रनको योगदान दिईन् भने नेरी थापा ५ रनमा नाबाद रहीन् ।


प्रतिक्रिया दिनुहोस

Loading...