वुमन टि–२० स्म्याश : नेपालसँग चीन दश विकेटले पराजित

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा शनिबारदेखि शुरु वुमन टि–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले शानदार शुरुवात गरेको छ ।

बैंककमा शुरु प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले हरायो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले चीनलाई निर्धारित २० ओभरमा ४८ रन मात्र बनाउन दियो । चीनका लागि झाङ चानले मात्र १३ रनको योगदान दिईन् ।

बलिङतर्फ नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिईन् भने नेरी थापाले २ विकेट हात पारीन् । त्यस्तै सीता राना मगरले १ विकेट लिईन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले ८.४ ओभर खेल्दै बिना कुनै विकेटको क्षतिमा ४९ रन बनाएर शानदार जित हात पार्यो । नेपालका लागि ओपनरद्वय सीता राना मगरले सर्वाधिक नटआउट २४ रन बनाईन् भने काजल श्रेष्ठले १४ रनको नटआउट पारी खेलिन् ।

प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालसँगै आयोजक थाइल्याण्ड ए, युएई, चीन र मलेसिया रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार मलेसियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...