युएई विरुद्ध सिरिज खेल्ने प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा

(तस्विर : रमन सिवाकोटी)

काठमाडौं (खेलदैनिक) । युएई विरुद्ध यहि आउँदो जनवरीको अन्तिम सातादेखि खेलिने एकदिवसीय र टि–२० सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपालले जनवरी २५ देखि फेब्रअरी ३ तारीखसम्म युएई विरुद्ध एकदिवसीय र टि–२० सिरिज खेल्दैछ ।

नेपालका लागि यो दोस्रो एकदिवसीय सिरिज समेत हुनेछ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता हुनेछ । यसअघि नेपालले यसै बर्षको अगस्तमा नेदरल्याण्ड विरुद्ध दुई म्याचको एकदिवसीय सिरिज खेलेको थियो ।

युएई विरुद्धको तीन म्याचको एकदिवसीय सिरिजतर्फ नेपालले क्रमशः जनवरीको २५, २६ र २८ तारीखका दिन तीन अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्नेछ । त्यस्तै अन्तर्राष्ट्रिय टि–२० सिरिजतर्फ नेपालले पहिलो म्याच ३१ जनवरीका दिन खेल्नेछ भने दोस्रो म्याच १ फेब्रुअरीका दिन खेल्नेछ । त्यसैगरी अन्तिम म्याच भने ३ फेब्रुअरीका दिन खेल्ने कार्यक्रम रहेको छ ।

२० सदस्यीय नेपाली टोली

पारस खड्का (कप्तान), बसन्त रेग्मी, बिक्रम सोब, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, अविनाश बोहरा, ललित राजवंशी, करण केसी, ललित भण्डारी, पवन सर्राफ, प्रदिप ऐरी, आरिफ शेख, सन्दिप लामिछाने, रोहित पौडेल, सन्दिप जोरा, शरद भेषवाकर, सोमपाल कार्मी, सुशन भारी, भिम सार्की


प्रतिक्रिया दिनुहोस

Loading...