एभरेष्ट प्रिमियर लिग : बलरहरु हावी हुँदा बिराटनगर र पोखराको रोमाञ्चक बराबरी

काठमाडौं (खेलदैनिक) । बलरहरु हावी भएपछि एभरेष्ट प्रिमियर लिगतर्फ डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्स र पोखरा राइनोजले रोमाञ्चक बराबरी खेलेका छन् ।

किर्तिपुर स्थित टियु मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । पोखराका लागि पाउल कलिनले सर्वाधिक २० रनको योगदान दिए भने राजेश पुलामीले १७ रन बनाए ।

बलिङतर्फ बिराटनगरका लागि पाउल भान मिकरेनले ३ विकेट लिंदा रोएलफ भान डेर मर्वीले २ विकेट हात पारे । त्यस्तै बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।

उता झिनो लक्ष्य पछ्याएको बिराटनगरको शुरुवात पनि राम्रो रहेन । ओपनरद्वय कप्तान पारस खड्का र अनिल साह क्रमश १ र ० रनमा आउट हुँदा बिराटनगर दबाबमा परेको थियो । यद्यपि तल्लो क्रमका ब्याट्सम्यान करन केसीले १९ बेलमा आक्रमश १५ रन बनाउँदै १९.३ ओभरमा सबै गुकमाएर टोलीको योगफल ८४ रन बनाउन सफल भए ।

करन केसी खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै बिराटनगरका लागि आसिफ शेखले पनि १९ रनको महत्वपूर्ण योगदान दिए ।

बलिङतर्फ पोखराका बिपीन खत्रीले ३ विकेट लिए भने सुसन भारी, बिक्रम सोव र पाउल कलिनले समान २–२ विकेट हात पारे । त्यस्तै भेट्रान बलर शक्ति गौचनले एक विकेट आफ्नो नाममा लेखाए ।


प्रतिक्रिया दिनुहोस

Loading...