एभरेष्ट प्रिमियर लिग : काठमाडौं किंग्सको बिजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । म्यान अफ द म्याच घोषित भारतीय खेलाडी सुब्रमनियन आनन्दले नटआउट ४३ रनको पारी खेलेपछि एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले बिजयी शुरुवात गरेको छ ।

काठमाडौं (खेलदैनिक) । म्यान अफ द म्याच घोषित भारतीय खेलाडी सुब्रमनियन आनन्दले नटआउट ४३ रनको पारी खेलेपछि एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले बिजयी शुरुवात गरेको छ ।

सोमबार सम्पन्न लिगको चौथो खेलमा काठमाडौंले चितवन टाईगर्सलाई ६ विकेटले हराउँदै इपिएलमा बिजयी शुरुवात गरेको हो । किर्तिपुरमा टस जित्दै पहिले फिल्डिङ रोजेको काठमाडौंले १९.५ ओभर बलिङ गर्दै चितवनलाई १६० रनमा अलआउट गरेको थियो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन बनाए भने कप्तान पृथु बास्कोटाले नटआउट २० रनको योगदान दिए । त्यस्तै ओपनर पाउल स्टर्लिङले ३४ रनको योगदान दिए भने अर्का ओपनर सन्दिप सुनारले २४ रन बनाए ।

बलिङतर्फ काठमाडौंका लागि शम्सद सेख र प्रदिप साहुले ३–३ विकेट लिए भने केविन ओ ब्रायन, सागर पुन र अमर रौटेलाले १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको काठमाडौंले १८.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा १६४ रन बनाएर जित हासिल गर्यो । काठमाडौंका लागि आनन्द बाहेक ओपनर सागर पुनले पनि ३९ रन बनाए । त्यस्तै नरेश बुढाएरले २२ रनको योगदान दिंदा अमर रौटेल २१ रनमा नाबाद रहे ।

यो जितसँगै १ खेलबाट २ अंक जोडेको काठमाडौं शिर्ष स्थानमा उक्लिएको छ । उता लगातार दोस्रो हार बेहोरेको चितवन भने अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...