एभरेष्ट प्रिमियर लिग शुरु, डिफेन्डिङ च्याम्पियन बिराटनगरको बिजयी शुरुवात

(तस्विर : इपिएल)

काठमाडौं (खेलदैनिक) । शनिबारदेखि शुरु बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणतर्फ साविक विजेता बिराटनगर वारिअर्सले बिजयी शुरुवात गरेको छ ।

बिराटनगरको जितमा करन केसीले अलराउण्ड प्रदशैन गरेपछि साविक विजेता वारिअर्सले ललितपुर प्याट्रिअट्समाथि अन्तिम ओभरमा १ बल बाँकी छँदा ३ विकेटको रोमाञ्चक जित हात पार्यो ।

किर्तिपुर मैदानमा टस जित्दै पहिले ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट १ रनले चुके । त्यस्तै सन्नी पटेलले २० रनको योगदान दिए ।

उता बलिङतर्फ बिराटनगरका लागि करन केसी र रोयलफ भान डेर मर्वी र करन केसीले २–२ विकेट लिए । त्यस्तै बसन्त रेग्मी, सन्नी पटेल र कप्तान पारस खड्काले १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको बिराटनले १९.५ ओभरमा ७ विकेट गुमाएर १०५ रन बनाउँदै रोमाञ्चक जित हात पार्यो । बिराटनगरका लागि नायकीय पारी खेलेको करन केसीले नटआउट ३६ रन बनाए र खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै ओपनर आशिफ शेखले १९ रनको योगदान दिए ।

बलिङतर्फ ललितपुरका लागि गौरव तोमरले ३ विकेट हात पारे भने सन्दिप लामिछानेले दुई विकेट लिए । त्यस्तै ललित राजवंशीले एक विकेट आफ्नो नाममा लेखाए ।


प्रतिक्रिया दिनुहोस

Loading...