सन्दिपले पाकिस्तान सुपर लिग खेल्ने पक्का

काठमाडौं (खेलदैनिक) । नेपालसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो विशेष छवी बनाएका चर्चित युवा लेग स्पीनर सन्दिप लामिछानेले पाकिस्तान सुपर (पिएसएल) टि–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । सन्दिप ड्राफ्ट मार्फत पिएसलमा खेल्न छनौट भएका हुन् ।

सन्दिपलाई लाहोर क्वालान्डर्सले छनौट गरेको छ । विकेटनेपालका अनुसार छनौटमा परेका सन्दिप गोल्ड श्रेणीमा छन् । यो श्रेणीमा परेका खेलाडीहरुको न्युनतम मुल्य ५० हजार डलर तोकिएको छ । लाहोरले सन्दिपसँगै एबी डि भिलियर्स, कार्लोस ब्रेथबेट, मोहम्मद हाफिज जस्ता स्टार खेलाडीहरुलाई छनौट गरेको छ ।


सुपर लिगको चौथो संस्करण आगामी बर्षको १४ फेब्रुअरीदेखि १७ मार्चसम्म युएई र पाकिस्तानमा हुनेछ । प्रतियोगितामा कुल ६ टोलीहरुले सहभागिता जनाउनेछन् । यस बर्ष सम्पन्न प्रतियोगिताको तेस्रो संस्करणको उपाधि इस्लामाबाद युनाइटेडले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...