पोखरा प्रिमियर लिग : घरेलु टोली पोखरा बन्यो च्याम्पियन

पोखरा (खेलदैनिक) । मंगलबार सम्पन्न पोखरा प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली पोखरा पल्टनले जित्न सफल भएको छ । उपाधि जित्ने क्रममा पोखराले फाइनलमा चितवन राईनोजलाई रोमाञ्चक ३ विकेटले हरायो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको पोखराले चितवनलाई निर्धारित २० ओभरमा ५ विकेट लिएर १६० रन मात्र बनाउन दियो । पोखराका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेले भने सन्नी पटेलले ४३ रनको योगदान दिए । त्यस्तै अनिल साहले ३७ रन बनाए ।

बलिङतर्फ पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिए भने मोहम्मद नाविद र ललित राजवंशीले १–१ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको पोखराले अन्तिम ओभरमा ४ बल बाँकी छँदै ७ विकेटको क्षतिमा १६१ रन बनाएर रोमाञ्चक जित हात पारेको थियो । पोखराका लागि फाइनल खेलको म्यान अफ द म्याच समेत घोषित रवि इन्दर सिंहले ९० रन बनाउँदै जितको आधार तयार पारेका थिए । त्यस्तै मोहम्मद नाविदले २५ रन बनाए भने कप्तान शरद भेषवाकरले २२ रनको योगदान दिए ।

बलिङतर्फ चितवनका भुवन कार्कीले २ विकेट लिए भने करन केसी, पारस खड्का र सन्नी पटेलले एक–एक विकेट लिए । चितवनका सन्नी पटेल प्लेयर अफ द सिरिज समेत घोषित भए । विजेता बनेको पोखराले उपाधिसहित २७ लाख हात पारेको छ भने चितवनले १० लाखमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...