राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा सहारा ऐकेडेमी अवलोकन

  • दीननाथ बराल

पोखरा (खेलदैनिक) । नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले पोखरा महानगरपालिका १७ स्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् ।

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवनबाट कप्तानी सम्हालेका पारस खड्काले सहारा एकेडेमी अवलोकन गरी पोखरामा फुटवलसंगै क्रिकेटको क्रेज भएको बताउदै क्रिकेट खेलको समेत पोखरामा एकेडेमी आवश्यक भएको बताए ।

एकेडेमी अवलोकन गर्न आएको टोलीलाई क्लवका बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ (सुरज), पुर्व अध्यक्षद्धय विरभद्र आचार्य र बिक्रम थकालीले एकेडेमीमा स्वागत गर्दै एकेडेमीको बारेमा जानकारी गराएका थिए ।

सहारा एकेडेमीमा हाल १३ जिल्लाका २८ जना वालकहरु रहेको महासचिव रामजी अधिकारीले बताए । नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिनाले सहारा क्लवले सहारा एकेडेमी संचालन गरी नेपाल मै उदाहरणीय कार्य गरेको बताए ।

पोखरा प्रिमियर लिगतर्फ घरेलु टिम पोखरा पल्टन बिरुद्ध चितवनले मंगलबार उपाधिका लागि फाइनल खेल्दैछ । सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २७ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...