नेपालद्वारा भारतलाई १५७ रनको लक्ष्य

काठमाडौं (खेलदैनिक) । भारतमा जारी चार देश सम्मिलित क्वाडेङ्गुलर सिरिज अन्तरगत नेपाल यु–१९ क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा आयोजक भारत यु–१९ लाई १५७ रनको लक्ष्य दिएको छ ।

शुक्रबार एकना इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ४५.५ ओभर खेल्दै १५६ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सुन्दिप जोराले सर्वाधिक ६६ रन बनाए भने ओपनर तृत दासले ४८ रनको योगदान दिए ।

बलिङतर्फ भारतका यतिन मंगवानी र अजय गौडले चार–चार विकेट लिएका छन् भने राजेश मोहन्टी र यशेश्वी जैसवालले १–१ विकेट हात पारेका छन् । भारतले केही बेरमा जवाफी ब्याटिङ शुरु गर्दै ।


प्रतिक्रिया दिनुहोस

Loading...