सन्दिपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित स्पीनर सन्दिप लामिछानेले यसै बर्षदेखि शुरु हुन गईरहेको पहिलो अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । एपीएलको ड्राफ्टमा परेका तीन नेपाली खेलाडीमध्ये सन्दिपलाई फ्रेन्चाईज नंगरहारले १५ हजार डलरमा किनेको हो ।


योसँगै क्रिकेटर सन्दिपले चौथो अन्तर्राष्ट्रिय टि–२० लिग खेल्ने पक्का भएको छ । सन्दिपले यसअघि विश्वर्चित इण्डियन प्रिमियर लिग (आइपिएल), ग्लोबल टि–२० (क्यानडा) र क्यारिबियन प्रिमियर लिग खेलेका थिए ।


सन्दिपसँगै पारस खड्का र सोमपाल कामी एपीएल ड्राफ्टको आईसीसी एसोसिएट खेलाडीको श्रेणीमा थिए । यद्यपि पारस र सोमपाललाई कुनै टिमले लिएनन् । एपिएलको ड्राफ्टमा बिश्वभरबाट कुल ३५० भन्दा बढी खेलाडहीरुलाई बिभिन्न ६ वटा श्रेणीमा बिभाजन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...