एसिया कप छनौट : नेपाललाई २५५ रनको लक्ष्य

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार युएईबाट २५५ रनको लक्ष्य पाएको छ । 

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले युएईलाई निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन मात्र बनाउन दियो । युएईृका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाएका छन् । त्यस्तै मध्यक्रमका ब्याट्सम्यान अदनान मुफ्तीले नटआउट ५७ रनको पारी खेले ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान २–२ विकेट हात पारेका छन् । नेपालले केही बेरमा जवाफी ब्याटिङ शुरु गर्दै ।


प्रतिक्रिया दिनुहोस

Loading...