एसिया कप छनौटमा नेपालको पहिलो भिडन्त ओमानसँग

काठमाडौं (खेलदैनिक) । मलेसियामा शुरु हुन गईरहेको एीसया कप क्रिकेट प्रतियोगिताको छनौट खेल अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा अगस्त २९ तारीखका दिन ओमानसँग भिड्ने भएको छ ।

त्यस्तै त्यसको भोलीपल्ट अगस्त ३० तारीखका दिन नेपालले युएईको सामना गर्नेछ भने १ सेप्टेम्बरमा आयोजक मलेसियासँग भिड्नेछ । त्यसैगरी २ सेप्टेम्बरका दिन सिंगापुरसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर ४ तारीखका दिन हङकङको सामना गर्नेछ ।

छनौट प्रतियोगितामा सहभागी नेपाल, आयोजक मलेसिया, हङकङ, सिंगापुर, ओमान र युएईसहित कुल ६ देशहरुमध्ये लिग चरणतर्फका शिर्ष दुई टोली ६ तारीखका दिन फाइनलमा भिड्नेछन् । फाइनल जित्ने टोली आउँदो १५ देखि २८ सेप्टेम्बरसम्म युएईमा हुने एसिया कपका लागि छनौट हुनेछ ।

एसिया कपतर्फ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान पूर्ण सदस्यका रुपमा यसअघि नै सोझै छनौट भईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...