शक्तिको सन्यास

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा र अनुभवी स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । युरोप भ्रमण अन्तरगत इङल्याण्ड र नेदरल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि बुधबार आयोजित एक बिदाई कार्यक्रममा शक्तिले आफ्नो सन्यासको कुरा बताएका हुन् ।

(तस्विर : विकेटनेपाल)

शक्तिका अनुसार युरोप भ्रमण नै उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम विदेश भ्रमण हुने बताएका छन् । नेपालले युरोप भ्रमणतर्फ क्रिकेटको मक्का मानिे इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक टि–२० सिरिज तथा नेदरल्यान्ड्समा दुई खेलेको वान–डे सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय टोलीका लागि एक दशकभन्दा बढी समय मैदानमा बिताएका गौचनको प्रदर्शनलाई केही समयपछि राष्ट्रिय जर्सीमा देख्न पाइने छैन । राष्ट्रिय टोलीबाट संन्यास लिए तपनि आफू घरेलु क्रिकेटमा भने अझै सक्रिय रहने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...