प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा, बिजेतालाई २० लाख !!

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराईएको छ । प्रदेश टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रादेशिक संरचनामा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताले ऐतिहासिक महत्व राख्ने प्रतिक्रिया दिएका छन् ।

उद्घाटन खेलमा आइतबार कीर्तिपुर मैदानमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्नेछन् । आइतबार नै मूलपानी मैदानमा हुने खेलमा समूह बी का प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ बीच पनि खेल हुनेछन् ।

आगामी २९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख जित्ने छ भने उप विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । यस्तै म्यान अफ दी सिरिजले १ लाख रुपैयाँ, उत्कृष्ट व्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउनेछन् । एक जना उदयीमान खेलाडीले १५ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले १०–१० हजार पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...