नेपालले नेदरल्याण्डसँग पहिलो एकविदसीय सिरिज खेल्ने

काठमाडौं (खेलदैनिक) । गत बर्षको चैतमा मात्र अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्याण्डसँग पहिलो एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपाली क्रिकेट साईट विकेटनेपालका अनुसार आउँदो जुलाई २९ तारीखका दिन चर्चित इङलिस क्लब मेरिलबन क्रिकेट क्लब र नेदरल्याण्डसमेत सम्मिलित त्रिकोणात्मक टि–२० सिरिज पश्चात नेपालले नेदरल्याण्डसँग एकदिवसीय सिरिज खेल्नेछ ।


नेपालले अगस्त १ र २ तारीखका दिन नेदरल्याण्डसँग एकदिवसीय सिरिज खेल्ने बताइएको छ । यद्यपि सो एकदिवसीय सिरिज कुन मैदानमा हुने हो त्यो भने अझै स्पष्ट भई सकेको छैन । नेदरल्याण्डका प्रशिक्षक रेयान क्याम्पबेलले चर्चित क्रिकेट साईट क्रिकबजसँग कुरा गर्दै नेपालसँगको एकदिवसीय सिरिजप्रति आफूलाई खुशी लागेको र उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

नेपालले गत चैत १ गतेका दिन युएईमा भएको आइसीसी विश्वकप क्रिकेट छनौट अन्तरगत पपुवा न्युगिनीलाई पराजित गर्दै पहिलोपटक चार बर्षका लागि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...