अन्तर्राष्ट्रिय क्रिकेट च्याम्पियनसिप खेल्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

काँकरभिट्टा (खेलदैनिक) । प्रथम अन्तर्राष्ट्रिय गल्र्स सिनियर लिग क्रिकेट च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मङ्गलबार भारतको चण्डिगढ प्रस्थान गरेको छ ।

१५ सदस्यीय नेपाली क्रिकेट टोली पूर्वी नाका काँकरभिट्टा हुँदै भारतको चण्डिगढ प्रस्थान गरेको हो । टोलीलाई काँकरभिट्टास्थित अध्यागमन कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको थियो ।

विदाई कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, मेची भन्सार कार्यालयका प्रतिनिधि अर्जुन सिटौला, नेपाल खेलकुद महासंघ प्रदेश नम्बर १ का सदस्य बालकृष्ण थापा, नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अस्मिता खवास, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुर, सशस्त्र प्रहरी बल काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावल, खेल प्रेमी युवा घनश्याम उप्रेतीलगायतले शुभकामनासहित विदाई गरेका हुन् ।

चण्डिगढ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र पन्चकुला क्रिकेट स्टेडियममा यही जेठ ७ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका खेलाडीहरुलाई खादा, अविरसहित विदाई गरिएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का र बंगलादेशका गरी ५ वटा टोलीको सहभागिता रहने बताइएको छ । नेपाली टोलीमा कप्तान रुविना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, सरिता मगर, रितु कनौजिया, नेरी थापा, करुणा भण्डारी, रोमा थापा, मुस्कान बेगम छन् ।

टोलीका अन्य खेलाडीहरुमा संगीता राई, कविता जोशी, ममता चौधरी, कविता कुँवर र रेवती धामी छन् । खेलाडीहरुसहित प्रशिक्षक लाक्पा लामा गरेर १५ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...