
सन्दिप लामिछाने । (तस्विर : गुगल)
काठमाडौं (खेलदैनिक) । विश्व चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले आफ्नो टोली दिल्ली डेयरडेभिल्सका लागि डेब्यु गरेका छन् । शनिबार भारतीय क्रिकेट टोलीका कप्तान समेत रहेका विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सन्दिपले डेब्यु गरेका हुन् ।
DD XI: P Shaw, J Roy, S Iyer, R Pant, V Shankar, H Patel, A Sharma, A Mishra, S Lamichhane, J Dala, T Boult https://t.co/TthjqRUmKR #DDvRCB
— IndianPremierLeague (@IPL) May 12, 2018
आइपिएलमा पहिलो पटक आवद्ध नेपाली क्रिकेटर सन्दिपलाई दिल्लीले २० लाख भारुमा किनेको थियो । लगातार ११ खेलसम्म बेन्चमा रहेका सन्दिपले अन्तत टोलीका लागि डेब्यु गर्ने अवसर पाएका हुन् । यो समाचार तयार पार्दा सम्म सन्दिपको टोली दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको छ ।
अब केही बेरमा दिल्लीले बलिङ्ग गर्दैछ ।