आइपिएलमा दिल्लीका लागि लगाउने नेपाली क्रिकेटर सन्दिपको जर्सी सार्वजनिक

काठमाडौं (खेलदैनिक) । विश्वचर्चित इण्डियन प्रिमियर लिग (आईपिएल) खेल्ने तयारीमा रहेका नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले आफ्नो क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका छन् ।

बिहीबार होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा राखेपका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा सन्दिपले लगाउने १ नम्बर जर्सी सार्वजनिक गरेका हुन् । सो कार्यक्रममा दिल्ली डेयरडेभिल्सका प्रतिनिधीको समेत उपस्थिति रहेको थियो ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई उनको न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । नेपाली क्रिकेटको इतिहासमै सन्दिप आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर समेत हुन् ।

(तस्विर दिल्ली डेयरडेभिल्सको आधिकारिक फेसबुक पेजबाट)


प्रतिक्रिया दिनुहोस

Loading...