
(तस्विर विकेटनेपाल)
काठमाडौं (खेलदैनिक) । एकदिवसीय विश्वकप छनौटका लागि जिम्बाब्वेमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।
विश्वकप छनौटको प्लेअफतर्फ नेपालले पपुवा न्युगिनीलाई बिहीबार ६ विकेटले हरायो । बिहीबार नै अर्को खेलमा नेदरल्याण्डले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भएको हो ।
नेपालले यो नतिजासँगै आगामी चार बर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एकदिवसीय क्रिकेट टोलीको अस्थायी मान्यता पाएको छ । नेपालले आगामी सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको छ भने पपुवा न्युगिनीले आफ्नो एकदिवसीय हैसियत गुमाएको छ ।
प्लेअफ अन्तरगत नेपालले आफ्नो दोस्रो खेल नेदरल्याण्डसँग शनिबार खेल्नेछ । उता नेदरल्याण्डसँगको पराजयसँगै हङकङले पनि आप्नो एकदिवसीय मान्यता गुमाएको छ ।