आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो जित

जनम बराल

आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ ।

समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराउदै नेपालले एकदिवसीय मान्यताको सम्भावना बनाएको छ ।

सोमपाल कामी र रोहित पौडेलको शानदार साझेदारी तथा सन्दिप लामिछानेको उत्क्रिस्ठ बलिङ नेपाललाई प्रतियोगिताको पहिलो जित दिलाउन सफल भयो । १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ औं ओभरमा लक्ष्य पुरा गर्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । ५ विकेटको क्षतिमा ६६ रन बनाएको नेपालको पारी समाल्दै रोहितले ८६ बलमा ४८ रन बनाए भने सोमपालले ४० बलमा ३७ रनको योग्दान दिए र नेपाललाई  पहिलो जित दिलाउन सफल भए ।

तेस्तै नेपालको लागि ज्ञानेन्द्र मल्लले १२ रन, अनिल शाहले २६ रन, पारस खड्का ले ११ रन तथा दिपेन्द्र ऐरीले १२ रन बनाएका थिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडेका थिए । त्यस्तै कप्तान बाबर हायतले २० रन, अफ्जालले १० रन तथा एहसान खानले २५ रन बनाए ।

नेपालको लागि बलिङ तर्फ सन्दिप लामिछानेले ३ विकेट लिए भने वसन्त रेग्मी र करण केसीले  दुई-दुइ विकेट लिए ।  सोमपाल कामीले पनि एक विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...