सिद्धार्थ सिसु सदन बन्यो प्रिमियर लिग च्याम्पियन

धनगढी (खेलदैनिक) । धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिमाथि कव्जा जमाउन सफल भएको छ । आइतबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै सिद्धार्थ च्याम्पीयन वनेको हो । विजेता सिद्धार्थले उपाधिसहित नगद ५० हजार हात पारेको छ भने उपविजेता लिटिल वुद्धले नगद २५ हजारमा चित्त बुझाएको छ ।

लिटिल वुद्धले टस जितेर पहिले व्याटिङ गर्दै १७.५ ओभरमा सवै विकेट गुमाउँदै ७७ रन मात्रै वनाउन सक्यो । लिटिल बुद्धका लागि रमेश भट्टले १५ र भीम सार्कीले १४ रन वनाउनु वाहेक अरुले अरुले दोहोरो रन अंक वटुल्न सकेनन् । लिटिल वुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले २÷२ विकेट लिए ।

७८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको सिद्धार्थले १०.३३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो । सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकीय पारी सहित ५४ रन वनाए । दिपेन्द्र थापाले २० रनको योगदान दिए । लिटिल वुद्धका लागि विकास आग्रीले एक मात्रै विकेट लिए । खेलको म्यान अफ द म्याच भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ सिसु सदनका दिपेन्द्र थापा घोषित भए भने उत्कृष्ट व्याट्सम्यान लिटिल वुद्धका रमेश भट्ट बने । त्यस्तै उत्कृष्ट वलर सिद्धार्थका खड्ग वोहोरा घोषित भए ।

धनगढीको लिटिल फ्लावर ईङलिस स्कुलको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको निष्ट लिटिल फ्लावर प्रिमियर लिगको दोस्रो संस्करणका विजयी खेलाडीहरुलाई एक कार्यक्रमको विच नगद तथा पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्रिन्सिपल तथा निष्ट फाउण्डेसनका अध्यक्ष डाक्टर माधव प्रसाद वरालले पुरस्कार वितरण गरे । प्रतियोगिताको तेस्रो संस्करणको नगद पुरस्कार राशी वढाउने र विद्यालय स्तरीय क्रिकेट प्रतियोगितालाई अझ उत्कृष्ट रुपमा आयोजना गर्ने प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले समाप समारोहमा घोषणा गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...