विश्वकप छनौटमा नेपाल र जिम्बाब्वे भिड्दै

विश्वकप छनौट ट्रफीका साथ नेपालका कप्तान पारस खड्का । (तस्विर आइसीसी)

काठमाडौं (खेलदैनिक) । आजदेखि शुरु हुन गईरहेको आईसीसी एकविदसीय विश्वकप छनौट अन्तरगत आज नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेको सामना गर्दैछ । बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार १:१५ मा शुरु हुन गईरहेको खेलमा नेपालले पहिलो भेट मै टेष्ट राष्ट्रको सामना गर्न गईरहेको हो ।

समूह बी मा आयोजक जिम्बाब्वे र नेपालसहित हङकङ, स्कटल्याण्ड र अफगानिस्तान छन् । सन् १९८३ देखि २०१५ सम्मको सबै एकदिवसीय विश्वकप खेलेको जिम्बाब्वे समूह बी तर्फको बलियो र अनुभवी टोली समेत हो ।

सन् १९९२ देखि टेष्ट मान्यता पाएको जिम्बाब्वे टोलीमा ग्रेम क्रिमरको कप्तानी छ भने हेमिल्टन मसाकाट्जा, सिकन्दर रजा, ब्रेण्डन टेलर जस्ता स्टार खेलाडीहरुको साथ पनि छ । उता पारस खड्का, ज्ञानेन्द् मल्ल, शरद भेषवाकर तथा युवा स्टार सन्दिप लामिछाने जस्ता खेलाडीको साथ पाएको नेपालको मनोबल पनि उच्च छ ।

दुवै टोली विश्वकप छनौटमा जितका साथ सुखद शुरुवात गर्न चाहन्छन् । नेपालको लक्ष्य एकदिवसीय मान्यता प्राप्त गर्ने समेत हुनेछ । यद्यपि नेपालको योजना सुपर सिक्समा पुग्ने पनि हुनेछ । जुन यात्रा तय गर्न नेपालले जिम्बाब्वे, अफगानिस्तान र स्कटल्याण्ड जस्ता टोलीहरुलाई हराउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...