
(तस्विर आइसीसी)
काठमाडौं (खेलदैनिक) । हालै चर्चित इण्डियन प्रिमियर लिग क्लब दिल्ली डेयरडेभिल्सले किनेको नेपाली राष्ट्रिय युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारिबियन प्रिमियर लिग (सिपिएल) मा पनि खेल्ने भएका छन् ।
बिहीबार इङल्याण्डमा भएको सिपिएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो । प्याट्रियट्सले सन्दिपलाई खरिद गरेको जानकारी आफ्नो आधिकारिक ट्वीटर एकाउण्टमा गरेको छ ।
Welcome on board @sandeep_lamichhane25 🏏💯 You’re officially a #SKNPatriot! 🇰🇳 Glad to have you! #CPL18 #CPLDraft #CPLT20 pic.twitter.com/2xVbI1RvHX
— SKNPatriots (@sknpatriots) March 1, 2018
सिपिएलमा खेल्ने सन्दिपको टोलीमा विश्वचर्चित आक्रमक ब्याट्सम्यान क्रिस गेल, सेमुएल बद्री, कार्लोस ब्राथवेट, मोहम्मद हाफिज जस्ता स्टार खेलाडीहरु पनि छन् । वेस्ट इण्डिजमा सन् २०१३ देखि आयोजना हुँदै आईरहेको सिपिएल टि–२० को पाँचौ संस्करण आउँदो अगस्तमा शुरु हुँदैछ ।
कुल ६ फ्रेन्चाईज टोलीहरुको सहभागिता रहने प्रतियोगिताको गत संस्करणको उपाधि ट्रिनबागो नाईट राईडर्सले जितेको थियो । यो क्लबमा चर्चित भारतीय नायक शाहरुख खान र अभिनेत्री जुही चावलाको समेत लगानी रहेको छ ।