नेपाल र हङकङबीचको दोस्रो अभ्यास खेल स्थगित

(तस्विर रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनौट अन्तरगत नेपाल र हङकङबीचको दोस्रो अभ्यास खेल खराब मौसम र बर्षाका कारण स्थगित भएको छ । बिहीबार नेपाली समयअनुसार दिनको ११५ क्वेक्वेमा शुरु हुने भनिएको खेल बर्षाले प्रभावित भएपछि स्थगित भएको हो ।

बर्षाका कारण भिजेको मैदानमा केही घण्टाको प्रतिक्षापश्चात ३०–३० ओभरको खेल खेलाइने निर्णय भए लगतै फेरि बर्षा हुन थालेपछि नेपाल र हङकङबीचको खेल स्थगित गरिएको थियो । यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको थियो ।

आउँदो आइतबारदेखि शुरु हुन गईरहेको विश्वकप छनौट अन्तरगत समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बब्वेसँगै आइतबार नै खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...