क्यानडामाथि नेपालले यसरी हात पार्यो सनसनीपूर्ण जित (भिडियो)

काठमाडौं (खेलदैनिक) । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु तर्फ निर्णायक मानिएको खेलमा बुधबार नेपालले क्यानडाविरुद्ध १ विकेटको सनसनीपूर्ण जित हात पार्यो । उक्त जितसँगै नेपाल र युएई अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप क्रिकेटको छनौट खेल्न समेत छनौट भयो ।

नेपालको जितमा नायकीय पारी खेलेका करन केसीले अन्तिम बलसम्म उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४२ रन बनाए । क्यारियर कै सम्झनलायक इनिङ खेलेका करनले नेपाललाई कसरी रोमाञ्चक जित दिलाए त ? नेपाल र क्यानडाबीचको म्याच हाईलाईट हेर्नुहोस् ।

(स्रोत आईसीसी)


प्रतिक्रिया दिनुहोस

Loading...