तस्विरमा हेर्नुहोस क्यानडालाई हराएपछिको नेपालको खुशी…

काठमाडौं (खेलदैनिक) । लिग चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित हात पारेको नेपालले विश्वकप छनौट खेल्ने आफ्नो स्थान सुरक्षित गर्यो । तल्लो क्रमका ब्याट्सम्यान करन केसीले शानदार ४२ रनको नटआउट पारी खेलेपछि नेपालले महत्वपूर्ण जित हात पार्यो ।

नेपाल सँगै युएईले पनि विश्वकप छनौटमा आफ्नो स्थान सुरक्षित गर्यो । दुवै टोली डिभिजन टु को फाइनलमा समेत प्रवेश गरेका छन् । अब आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को विजेताका लागि नेपाल र युएई बिहीबार भिड्ने छन् । त्यस्तै ओमान र केन्या भने रेलिगेशनमा परेका छन् । हेर्नुहोस क्यानडामाथि जितपछिको नेपाली खेलाडीहरुको खुशी ।

(तस्विर रमन शिवाकोटी)


प्रतिक्रिया दिनुहोस

Loading...