सर्वाधिक धनराशीको महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता हुने

धनगढी (खेलदैनिक) । फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिव्र पारीएको छ ।

(तस्विर गुगल)

पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लाग तयारी तिव्र पारीएको मंगलबार धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ । फागुन ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको हो ।

प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ । प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ ।

अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ट वटा टिमको सहभागीता बारे टुङगो लागीसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ । प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालीका बनाईने आयोजक कैलाली जिल्ला खेलकुद विकस समितीका अध्यक्ष दिपक सिहले बताए । यस्तै प्रतियोगीतामा सहभागीता जनाउने सुदुरपश्चिमको टोलीले पनि अभ्यास सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...