नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युएईमा बिदाई

काठमाडौं (खेलदैनिक) । एभरेष्ट मार्सल आर्ट एण्ड स्पोटर्स क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिम ाई युएईमा एक कार्यक्रमकाबीच विदाई गरेको छ ।

आइसीसी विश्व क्रिकेट डिभिजन दुई मा सहभागि हुन नामिबियातर्फ जाने नेपाली क्रिकेट टोलीलाई काठमाण्डौ प्यालेस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो । उक्त बिदाई कार्यक्रममा एभरेष्ट मार्सल आर्टका पदाधिकारी र काठमाण्डौ प्यालेस रेस्टुरेन्टका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

नामिबिया उड्नु अघि नेपालले युएईको ए टिमसँग ३ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाली टोलीले तीनै खेलमा जित हात पारेको थियो । डिभिजन टु अन्तरगत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ तारीखका दिन घरेलु टोली नामिबियासँग खेल्ने कार्यक्रम छ ।

त्यस्तै दोस्रो खेल ९ फेब्रअुरीमा ओमामनसँग खेल्नेछ भने तेस्रो खेल ११ फेब्रुअरीमा युएईसँग खेल्नेछ । त्यसैगरी चौथो खेल १२ फेब्रअुरीमा कैन्यासँग खेल्नेछ भने अन्तिम खेल १४ फेब्रुअरीमा क्यानडासँग खेल्नेछ । प्रतियोगिताको शिर्ष दुई स्थानमा रहने टोली यसै बर्ष जिम्बाब्वेमा हुने क्रिकेट विश्वकप छनौट खेलका लागि छानिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...