नामिबियामा डिभिजन टु खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । यहि आउँदो फेब्रुअरी ८ देखि १५ तारीखसम्म नामिबियामा हुन गईरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालसहित आयोजक नामिबिया, केन्या, क्यानडा, ओमान र युएईले सहभागिता जनाउने प्रतियोगिताको लागि बिहीबार १४ सदसीय नेपाली टोलीको घोषणा गरिएको हो ।

जगत टमाटाको प्रशिक्षकीय जिम्मेवारी रहेको टोलीको कप्तानमा पारस खड्का र उपकप्तानमा ज्ञानेन्द्र मल्ल यथावत छन् । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीमा पहिलो पटक रोहित कुमार पौडेल स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन नामिबिया उड्नु अघि नेपालले युएईमा ३ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि ४ फेब्रुअरीमा नेपाल नामिबियातर्फ प्रस्थान गर्नेछ । नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ तारीखका दिन नामिबियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि ९ तारीखमा ओमानसँग खेल्नेछ भने ११ तारीखका दिन युएईसँग भिड्नेछ । त्यसपछि १२ तारीखमा केन्यासँग खेल्नेछ भने अन्तिम खेल १४ तारीखका दिन क्यानडासँग खेल्नेछ ।

बिहीबार घोषितय १४ राष्ट्रिय क्रिकेट टोली यसप्रकार छन् :-

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, अनिल साह, रोहित कुमारी पौडेल ।

त्यसैगरी वैकल्पिक खेलाडीहरुमा सिद्धान्त लोहनी, किशोर महतो, ललित नारायण राजवंशी र सुनिल धमला रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...