कप्तान खड्कालाई मदन भण्डारी क्रिकेट अवार्ड

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट अवार्डबाट सम्मानित भएका छन् । शुक्रबारबाट सुरु भएको बृहत क्रिकेट महोत्सवको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत क्रिकेट विभागले नेपाली क्रिकेटलाई योगदान पु¥याएको भन्दै कप्तान खड्कालाई मदन भण्डारी क्रिकेट अवार्डले सम्मान गरेको छ ।

प्रथम बृहत क्रिकेट महोत्सवको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कप्तान खड्कालाई सम्मान गर्नुभएको थियो । यसै वर्षबाट सुरु भएको मदन भण्डारी क्रिकेट अवार्डको पुरस्कार नगद २५ हजार रहेको छ । त्यस्तै, पनि एकेडेमीको कार्यमा महत्वपूर्ण सहयोग कर्ताको भूमिका निर्वाह गदै आएका सुनिल भण्डारी पनि सम्मानित भएका छन् ।

महोत्सवका बिशेष अतिथि युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले त्रिबि क्रिकेट मैदान पुन निर्माणको लागि यसै वर्ष २ करोड बजेट विनियोजन भएको बताएका छन् । नेपालमा पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटनमा बोल्दै मन्त्री केसीले त्रिबि खेल मैदानलाई स्तरउन्नति गर्न लागिएको बताए । मन्त्री केसीले भने “यो वर्ष नै त्रिबि मैदानको लागि २ करोड,त्रिबिमा बन्न लागेको कभर्डहललाई १ अरब र मुलपानी क्रिकेट मैदानका लागि बजेट विनियोजनभई काम अघि बढेको छ ।”

कार्यक्रममा माओवादीका नेता तथा सांसद, जनार्दन शर्माले खेल क्षेत्रलाई महत्वका साथ अगाडी बढाउन आजको आवश्यकता भएको बताए । उनले भने “खेलाडी राष्ट्रका सिपाही हुन् । खेलाडीबाट राजनीतिकर्मीले सिक्नु पर्छ ।”
आयोजक मदन भण्डारी स्पोर्टस् एकेमेमीका अध्यक्ष बिनोद श्रेष्ठले खेलक्षेत्र राष्ट्रको कोहिनुर–खजाना भएको धारण ब्यक्त गरे । उनले भने–खेलक्षेत्रबाट आर्थिक क्रान्ती सम्भव छ,आर्थिक संबृद्धीको महतवपूर्ण बाटो पनि खेलक्षेत्र नै हो । राज्यले खेलक्षेत्रमा लगानी बढाउन जरुरी छ । राष्ट्रको मान र सान बढाउने राष्ट्रिय सद्भाव,बिकास र सभ्यताको पर्यावाची खेलक्षेत्रमा हामी पछि छौं । यदपी खेलाडीको मेहनत र परिश्रमको प्रतिफल गौरब गर्नु पर्ने उपलब्धि राष्ट्रले पाएको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले मदन भण्डारी स्पोर्टस् एकेडेमी खेल क्षेत्रको बिकासका लागि स्थापना भएको ले हाम्रो संस्था समग्र खेलक्षेत्रका बिकासका लागि हातेमालो गदै अगाडी बढ्न चहान्छ ।

त्रिबि क्रिकेट मैदानमा शुक्रबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको क्रिकेट कार्निभल माघ ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो पटक आयोजना भएको यो क्रिकेट कार्निभलमा नेपाली क्रिकेटको ऐतिहासिक फोटो प्रदर्शनमा राखिएको छ । यस्तै, क्रिकेट सामग्री विक्री, वृत्तचित्र प्रदर्शनी लगायतका प्रदर्शन भएका छन् । उद्घाटनका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष किर्तिपुर नगरपालिकाका मेयर खेलकर्मी रमेश महर्जनले नगरपालिकाको तर्फबाट उपलब्ध गराएको मायाको चिनो प्रदान गरेका थिए ।

क्रिकेट महत्सवको अवसरमा ट्यालेन्ट हन्टको पनि आयोजना गरिएको छ । शनिबारसम्म चल्ने ट्यालेन्ट हण्टबाट छानिएका उत्कृष्ट १० जना खेलाडीलाई एक वर्षका लागि निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगितामा सामेल गराउने उद्देश्य रहेको छ । शनिवार नेपाली क्रिकेटका सम्भावना र चुनौती बिषयमा खेलाडी,पत्रकार,प्रशिक्षक र खेलकर्मी महानुभवले आ–आफ्नो धारण राख्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...