डिभिजन टु खेल्ने नेपाली क्रिकेट टोलीबाट बिनोद र सागर आउट

सागर पुन (बाँया) तथा बिनोद भण्डारी (दाँया) ।

काठमाडौं (खेलदैनिक) । विश्व क्रिकेट लिग डिभिजन टु खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

तर बिगत लामो समयदेखि राष्ट्रिय टोलीको नियमित जसो सदस्य रहेका सागर पुन, बिनोद भण्डारी र राजेश पुलामी भने प्रारम्भिक टोली मै पर्न असफल भएका छन् ।

यद्यपि टोलीमा यु–१९ क्रिकेट टोलीका सदस्य रोहित कुमार पौडेल र अनिल कुमार साह भने पर्न सफल भएका छन् । रोहित र अनिल दुवैले हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रारम्भिक टोली यसप्रकार रहेका छन् पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, किशोर महतो, दिपेश श्रेष्ठ, आरिफ शेख, दिलिपनाथ, रशिद खान, ललित भण्डारी, ललित राजवंशी, सुनिल धमला, सुशन भारी र सिद्धान्त लोहनी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...