क्रिकेटर पृथु बास्कोटामाथि ठगीको मुद्दा

काठमाडौं (खेलदैनिक) । हालै काठमाडौं दरबारमार्गस्थित नाइट क्लव डेजा भुमा भएको तोडफोडपछि पक्राउ परेका क्रिकेटर पृथु बाँस्कोटासहित १० जनालाइ जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा चलाइएको छ ।

पृथु बास्कोटा ।

क्रिकेटर पृथु सञ्चालक समेत रहेको डेजा भू क्लबमा विश्वचर्चित अमेरिकन डिजे मार्समेलोलाई ल्याउने भनेर टिकट बिक्रि गरी ठगी गरेको प्रहरीले ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरेको हो ।

टिकट बिक्रीपश्चात पनि अबेर रातीसम्म पर्खाएर पनि मार्समेलो नआएपछि मंसिर २७ दरबारमार्गको डेजा भू नाइट क्लबमा उपस्थित दर्शकले तोडफोड गरेका थिए ।

सो क्लवको मुख्य सञ्चालक राम गिरी रहेको र क्लबमा क्रिकेटर पृथु बास्कोटाको पनि सेयर रहेको छ । त्यस्तै अन्य सेयरकर्ताहरुमा जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी छन । सो दिन कार्यक्रम आयोजनाको जिम्मा रितेश माडवारी र राजेश महर्जनले लिएका थिए । पुलिसले सबैलाइ ठगिको मुद्धा लगाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...