मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन

काठमाण्डौं (खेलदैनिक) । मदन भण्डारी स्पोर्टस् एकेडेमीले संचालनमा ल्याएको मदन भण्डारी क्रिकेट एकेडेमीको पूर्व सभामुख सुभाषचन्द्र नेङवाङले सोमवार उद्घाटन गरेका छन् । बानेश्वर स्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमी करिब २० लाख को लागतमा तयारी भएको छ ।

३ वटा अभ्यास ढलान पिच रहेको एकेडेमीले करिब २ रोपनी जग्गा ओगटेको छ । सभासद् गणेश दुलाल संरक्षक रहेको एकेमेमीको प्रशिक्षकमा प्रदिप ऐरी रहेका छन् । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाको बलिङमा बिशेष अथिति नेङवाङले ब्याटिङ गरेर उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसरमा नेङवाङले भने– “क्रिकेट परबाट हेरेको छु,आफुले जिवनमा पहिलो पटक बल र ब्याड छुने अवसर पाएको हो । एकेडेमीको म नै पहिलो बिद्यार्थी हु । मैले तिनै पटक ब्याडले बललाई हिर्काए,मेरो लक्ष्य राम्रो रहेछ । लक्ष्य अनुरुप उपलब्धि हाँसिल गर्नु सक्नु पर्छ, अनि मात्र संस्थाको अर्थ र महत्व रहन्छ ।”

नेङवाङले नेपाली खेलाडीको प्रसंसा गदै भने– “सिमित श्रोत र सादनका बाबजुद नेपाली खेलाडीले दिलाएको उपलब्धी अतुलनिय छ । उनले भने अगामी बन्ने बाम गठबन्धनको सरकारले खेल क्षेत्रलाई बिशेष महत्व दिनेछ ।”

मदन भन्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवसका अवसरमा आयोजित उद्घाटन कार्यक्रममा हालै सम्पन्न साग स्तरिय ह्ुवलचियर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले नगद ५० हजार सहित सम्मान गरेको थियो ।

सोही अवसरमा मोराक्कोमा सम्पन्न सेल्फ डिफेन्स मार्सल आर्टमा रजत प्राप्त गरेकी सन्जु महर्जन र बेलारुसमा सम्पन्न आईटिएफ तेक्वान्दोमा कास्य बिजेता अन्जना सिवाकोटीलाई सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना, फुटबलर हरी खड्का, ओलम्पियन दिपक बिष्ट, एकेडेमीका महासचिव बचन देउजा, मदन भण्डारी क्रिकेट बिभागका संयोजक सुदिप शर्मालगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...