भैरहवामाथि रोमाञ्चक जित हात पार्दै बिराटनगर बन्यो च्याम्पियन

बिराटनगरका खेलाडीहरु उपाधिका साथ । (तस्विर इपिएलको फेसबुक पेजबाट)

काठमाडौं (खेलदैनिक) । एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा शनिबार भैरहवा ग्लाडिएटर्सलाई रोमाञ्चक १ रनले हराउँदै बिराटनगर वारियर्सले उपाधि जितेको छ ।

टस जित्दै पहिले ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । बिराटनगरका लागि ओपनर अंशुमान रथले सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले २७ रन बनाए भने अनिल साहले २२ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको भैरहवा भने जित नजिक पुगेर पनि पराजित हुन पुग्यो । भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले कप्तानी पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान दिए ।

त्यस्तै ओपनर प्रथम सलुन्केले ३० रन बनाए भने आरिफ शेखले २७ रनको योगदान दिए । फाइनल खेलको प्लेयर अफ द म्याच बिराटनगरका कप्तान पारस खड्का घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...