बिराटनगरको अपराजित यात्रा जारी

काठमाडौं (खेलदैनिक) । शानदार लयमा रहेको बिराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । 

अपराजित यात्रा कायम राख्ने क्रममा बिराटनगरले सोमबार काठमाडौं किंग्स ११ विरुद्ध ८ रनको रोमाञ्चक जित हात पार्यो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको बिराटनगरले बाबर ह्यातको ६७ रनको अर्धशतकीय पारीको सहयोगमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । बिराटनगरका लागि ओपनर अंशुमान रथले पनि ३२ रनको पारी खेले भने कप्तान पारस खड्काले २६ रन बनाए ।

उता जवाफी ब्याटिङका लागि उत्रिएको काठमाडौंले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि कप्तान परवेज महरुफले सर्वाधिक ४२ रन बनाए । त्यस्तै नरेश बुढाएरले पनि ३० रनको योगदान दिए भने अन्य कुनै ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

खेलमा बिराटनगरका अंशुमान रथ म्यान अफ द म्याच घोषित भए । जितसँगै ५ खेलबाट १० अंक जोडेको बिराटनगर शिर्ष स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...