कर्ण चम्केपछि बिराटनगर वारियर्सको अपराजित यात्रा जारी

(तस्विर क्रिकेटिङ्गनेपाल)

काठमाडौं (खेलदैनिक) । अविनाश कर्णले कसिलो बलिङ्ग गर्दै चार विकेट लिएपछि जारी एभरेष्ट प्रिमियर लिगमा शनिबार विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

टस हार्दै पहिले ब्याटिङ्गको निम्तो पाएको बिराटनगरले ओपनर अंशुमान रथको ५७ रनको अर्धशतकीय पारीको सहयोगमा १४९ रन बनाउन सफल भएको थियो । त्यस्तै बिराटनगरका लागि बाबर ह्यातले पनि ३६ रनको महत्वपूर्ण योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको भैरहवा भने १८.३ ओभर खेल्दै ११४ रनमा अलआउट हुन पुग्यो । भैरहवाका लागि प्रदिप ऐरी र हरिशंकर साहले समान १८–१८ रनको योगदान दिए ।

उता बलिङ्गतर्फ बिराटनगरका अविनाश कर्णले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । कर्ण खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यस्तै बसन्त रेग्मीले ३ विकेट लिए भने सहन अदिशा, करन केसी र पारस खड्काले १–१ विकेट हात पारे ।

जितसँगै बिराटनगर ४ खेलबाट ८ अंक जोड्दै शिर्ष स्थानमा छ । उता भैरहवा भने ४ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...