बीभीएस क्रिकेटमा सेमिफाइनल समीकरण पूरा

काठमाडौं (खेलदैनिक) । दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण सोमबार तयार भएको छ ।

समूह ‘ए’ को विजेता डिएभीले समूह ‘बी’ को उपविजेता रोज बड तथा समूह ‘बी’ को विजेता सैनिक आवासिय महाविद्यालयले समूह ‘ए’ को उपविजेता सेन्ट जेभियर्स विरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको अन्तिम दिनको खेलमा सैनिकले दुई खेल खेल्दै दुवैमा सफलता हात पा¥यो । सैनिकले आयोजक बृहस्पति विद्या सदनलाई ४१ रनले हरायो भने साविक उपविजेता रोज बडलाई ३ रनले पराजित ग¥यो । बृहस्पति विरुद्ध सैनिकका अशिम कार्की र रोज बड विरुद्ध सैनिककै अमोघ थापा ‘म्यान अफ द म्याच’ बने ।

अर्को खेलमा डिएभीले डिफेन्डिङ च्याम्पियन केएमसीलाई ४ रनले हरायो । खेलमा ३ चौका मद्दतमा ४७ रन जोडेका केएमसीका सनिध्या आचार्य ‘म्यान अफ द म्याच’ चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...