बीभीएस कप क्रिकेटमा सेन्ट जेभियर्सको विजयी सुरुआत

दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेटमा बृहस्पतिका खेलाडी रोज बड विरुद्ध ब्याटिङ गर्दै ।

काठमाडौं (खेलदैनिक) । सेन्ट जेभियर्सले दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिता आइतबार विजयी सुरुआत गरेको छ ।

नक्सालस्थित आयोजक बृहस्पति विद्या सदन (बीभीएस) को मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले डिफेन्डिङ च्याम्पियन केएमसीलाई ५ विकेटले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको केएमसीले निर्धारित १५ ओभरको खेलमा पूरै ओभर खेल्दै ७ विकेट क्षतिमा १०६ रनको योगफल खडा गरेको थियो । जवाफमा सेन्ट जेभियर्सले १४.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायो । ४१ बलको सामना गर्दै ४२ रन जोडेका सेन्ट जेभियर्सका अदित सुवेदी ‘म्यान अफ द म्याच’ चुनिए ।

अर्को समूह चरणको खेलमा साविक उपविजेता रोज बडले आयोजक बृहस्पतिलाई ५ विकेटले हरायो । सुरुमा ब्याटिङमा उत्रेको बृहस्पतिले १४.४ ओभरमा ९ विकेट गुमाउदै ८२ रन बनाएको थियो । प्रत्युत्तरमा रोज बडले १२.३ ओभरमा ५ विकेट नोक्सानीमा ८३ रन बटुल्दै जित हात पा¥यो । रोजबडका अदेश श्रेष्ठ ‘म्यान अफ द म्याच’ बने । उनले ३७ बलमा ३० रन जोडेका थिए ।

प्रतियोगितामा विभिन्न ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

लिग चरणका खेलहरु १५ ओभरको हुनेछ भने नकआउटदेखिका खेलहरु २० ओभरमा खेलाइने छ । फाइनल बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...