चर्चित श्रीलंकन क्रिकेटर महरुफले इपिएल खेल्ने

श्रीलंकाको जर्सीमा महरुफले अन्तिमपटक गर्त इङ्गल्याण्डविरुद्ध खेल्ने क्रममा । (तस्विर एजेन्सी)

काठमाडौं (खेलदैनिक) । श्रीलंकाका चर्चित बलिङ्ग अलराउण्डर मोहमद फरविज महरुफले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स एक्सआईबाट खेल्ने भएका छन् ।

स्रोतका अनसार ३३ बर्षिय महरुफ इपिएल खेल्न काठमाडौं आइसकेको बताईन्छ । सन् २००४ मा श्रीलंकाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले २२ टेष्ट म्याच, १०९ एकविदसीय म्याच तथा ८ टि–ट्वान्टी म्याच खेलिसकेका छन् ।

श्रीलंकन राष्ट्रिय टोलीका लागि उनले अन्तिमपटक गत बर्षको जुन महिनामा इङ्गल्याण्डविरुद्ध एकदिवसीय म्याच खेलेका थिए । टेष्ट क्रिकेटमा २५ विकेट लिएका उनले एकदिवसीयमा १३५ विकेट हात पारिसकेका छन् ।

सन् २०१० को एसिया कप क्रिकेटमा भारतविरुद्ध ह्याट्रिक समेत गरेका महरुफले सन् २००८ देखि २०१० सम्म दिल्ली डेयरडेविल्सबाट विश्वचर्चित इण्डियन प्रिमियर लिग (आईपिएल) समेत खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...