नेपालको लगातार दोस्रो जित, सेमिफाइनल पक्का

नेपाली यु–१६ टोली । (तस्विर थाइल्याण्ड क्रिकेट एसोसिएसन)

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगितामा नेपालले हङ्गकङ्गलाई ४ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार टस हार्दै पहिले बलिङ्गको निम्तो पाएको नेपालले हङ्गकङ्गलाई ८२ रनमा खुम्च्याउन सफल भएको थियो । हङ्गकङ्गका तल्लो क्रमका ब्याट्सम्यान आर्यन शरद शेट्टीले मात्र २४ रनको योगदान दिए ।

बलिङ्गतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए भने अजय कुमार लोनियाले २ विकेट हात पारे । त्यस्तै नारायण जोशी र निखिल कुमार सिंहले १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले २४.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा ८४ रन बनाउर जित हासिल गरेको थियो । नेपालका लागि तृतराज दासले सर्वाधिक २७ रनको योगदान दिए भने राजन मगरले १७ रन बनाए ।

लगतादार दोस्रो जितसँगै नेपालले सेमिफाइनल प्रवेश पनि लगभग पक्का गरेको छ । समूह ए मा आयोजक थाइल्याण्ड, हङ्गकङ्गसँगै रहेको नेपालले अन्तिम खेल म्यानमारसँग बिहीबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...