
सम्मानपछि सामूहिक तस्विरमा नेपाली क्रिकेट खेलाडीहरु तथा अन्य ।
काठमाडौं (खेलदैनिक) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न युएई पुगेको नेपाली क्रिकेट टोली युएईमा सम्मानित भएको छ ।
युएईमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका तथा विभिन्न नेपाली संघसंस्थाहरुले एक कार्यक्रमका बीच नेपाली क्रिकेटरहरुलाई जनही नगद १० हजार, प्रमाणपत्र, दोसल्ला र मायाको चिनोसहित सम्मान गरेका हुन् ।
च्याम्पियनसिप अन्तरगत युएईविरुद्ध सातौं चरणको खेल खेल्ने क्रममा नेपालले पहिलो खेलमा घरेलु टोलीसँग ७ विकेटले तथा दोस्रो खेलमा ६३ रनले पराजित हुन पुगेको थियो ।