
(तस्विर विकेटनेपाल)
एजेन्सी । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत युएईविरुद्ध खेल्ने तयारीमा रहेको नेपाली टोलीले आइतबार दोस्रो अभ्यास खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको छ ।
टस जित्दै पहिले फिल्डिङ्ग रोजेको नेपालले केन्यालाई ११० रनमा अलआउट गरेको थियो । नेपालका लागि ललित भण्डारी एक्लैले ४ विकेट लिए । त्यस्तै आरिफ शेखले २ विकेट लिए भने करन केसी, सागर पुन र सन्दिप लामिछानेले १–१ विकेट लिए ।
उता जवाफी ब्याटिङ्गका साथ उत्रिएको नेपालले १९.५ ओभर खेल्दै ४ विकेट गुमाएर १११ रन बनाउँदै लक्ष्य भेटाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै शरद भेषवाकर ३१ रनमा नटआउट रहे ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न युएई पुगेको नेपालले यहि डिसेम्बर ६ र ८ तारीखका दिन युएईसँग सातौं चरणको खेल खेल्दैछ ।