ब्याटिङ्ग नचल्दा नेपाल युएईसँग ५ रनले पराजित

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी आइसीसी महिला टि–२० विश्वकपको एसियाली छनौटतर्फ नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित भएको छ । 

बिहीबार टस जित्दै पहिले ब्याटिङ्ग रोजेको युएईले ७९ रन बनाउँदै नेपाललाई ८० रनको लक्ष्य दिएको थियो ।

उता कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको नेपालले भने ७४ रन मात्र बनाउन सक्यो । नेपालका लागि तल्लो क्रमकी रितु कनौजियाले सर्वाधिक २२ रनको योगदान दिईन् । त्यस्तै ओपनर ज्योति पाण्डेले १२ रन बनाईन भने अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बिहीबारको पराजयसँग ३ खेलबाट २ अंक रहेको नेपाल पाँचौं स्थानमा अंकतालिकाको झरेको छ । युएई ४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने ५–५ अंक जोडेको थाइल्याण्ड र हङ्गकङ्ग भने पहिलो र दोस्रो स्थानमा छन् ।

बिहीबार नै भएका अन्य खेलहरुमा थाइल्याण्डले मलेसियालाई ९ विकेटले हराएको छ भने हङ्गकङ्गले चीनलाई ५२ रनले पराजित गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...