युएईविरुद्ध खेल्ने प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा

(तस्विर अनलाईन)

काठमाडौं (खेलदैनिक) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत संयुक्त अरब ईमिरेट्स (युएई) बिरुद्द हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

गत कार्तिक २४ गतेबाट भएको बन्दसत्रमा प्रदर्शनका आधारमा २८ खेलाडीहरुबाट २० खेलाडीहरुलाई छनौट गर्दै प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेल अन्तरगत नेपालले आउँदो डिसेम्बर ६ र ८ तारीखका दिन अबुधाबीमा युएईसँग खेल्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका लागि छनौटमा परेका २० खेलाडीहरु यसप्रकार छन् :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी,सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, हसिम अन्सारी, विक्रम शोव, शक्ति गौचन, सिद्धान्त लोहनी, अनिलकुमार साह, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दीलिप नाथ ।

छनौटमा परेका २० खेलाडीहरु मध्ये केहि दिन भित्रै १४ खेलाडी युएई जाने छन् भने त्यसपश्चात् ४ जना बैकल्पिक खेलाडीको चयन गरिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...