हङ्गकङ्गविरुद्धको दोस्रो खेल पनि स्थगित

काठमाडौं (खेलदैनिक) । आइसीसी महिला विश्वकप ट्वान्टी–२० छनौटको एसिया क्षेत्रतर्फ थाइल्याण्डमा जारी छनौट खेल अन्तरगत नेपालले दोस्रो खेलमा पनि अंक बाँडेको छ ।

थाइल्याण्डमा जारी एसियाली छनौटतर्फ मंगलबार हङ्गकङ्गविरुद्धको खेल पनि बर्षाका कारण स्थगित भएपछि हङ्गकङ्ग महिला क्रिकेट टिम र नेपाल महिला क्रिकेट टिमले १–१ अंक बाँडेका छन् ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पनि बर्षा बाधक भएपछि सोमबार आयोजक थाइल्याण्डसँग अंक बाँड्न बाध्य भएको थियो ।

मंगलबारको यो नतिजसँगै २ खेलबाट ३ अंक जोडेको हङ्गकङ्ग शिर्ष स्थानमा छ । त्यस्तै समान २–२ अंक जोडे तापनि मलेसिया, नेपाल र युएई क्रमश दोस्रो, तेस्रो तथा चौथो स्थानमा छन् ।

छनौट अन्तरगत अंकतालिकाको शिर्ष दुई स्थानमा रहने टोली आगामी बर्ष नेदरल्याण्डमा हुने आइसीसी महिला विश्वकप ट्वान्टी–२० छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...