पहिलो खेलमा नेपाललाई बर्षा बाधक

प्रतियोगिताको पूर्वसन्ध्यामा ट्रफीका साथ सहभागी देशका कप्तानहरु । (तस्विर आइसीसी)

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० महिला विश्वकप छनौटको एसियाली क्षेत्रतर्फको छनौट प्रतियोगितामा बर्षा बाधक भएपछि नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग अँक बाँडेको छ ।

टस जित्दै पहिले फिल्डिङ्ग रोजेको नेपालले थाइल्याण्डलाई निर्धारित २० ओभरमा ९० रनको योगफलमा रोक्न सफल भएको थियो ।

उता जवाफी ब्याटिङ्ग रोजेको नेपाल भने ३.४ ओभर खेल्दै विकेट गुमाएर १० रन बनाउँदा बर्षा बाधक भएपछि खेल बिना निष्कर्ष टुँगिएको थियो ।

बर्षा बाधक भएपछि नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्डसँग १–१ अँक बाँड्न बाध्य भएको थियो ।

छनौट सिरिज अन्तरगत नेपालले मंगलबार हङ्गकङ्गको सामना गर्नेछ । एसियाली क्षेत्रको छनौट सिरिज अन्तरगत अंकतालिकाको शिर्ष दुई स्थानमा रहने टोली आगामी बर्ष नेदरल्याण्डमा हुने आइसीसी टि–२० महिला विश्वकप छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

एसियाली क्षेत्रको छनौट सिरिजतर्फ नेपालसहित युएई, थाइल्याण्ड, मलेसिया, हङ्गकङ्ग र चीन गरी कुल ६ टोलीहरु सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...