नेपालको एसिया कप यात्रा समाप्त

काठमाडौं (खेलदैनिक) । दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपालको एसीसी यु–१९ एसिया कपको यात्रा समाप्त भएको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा टस हार्दै पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले मात्र २८ ओभर खेल्दै १०३ रनमा अलआउट हुन पुगेको थियो ।

कमजोर प्रदर्शन गरेको नेपालका लागि अनिल साहले मात्र ५० रनको योगदान दिए । नेपालका अन्य ९ ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट हुन पुगे ।

उता जवाफी ब्याटिङ्गका लागि उत्रिएको अफगानिस्तानले २०.३ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबजले सर्वाधिक ७१ रनको योगदान दिंदै जितको आधार तयार पारेका थिए ।

बलिङ्गतर्फ नेपालका लागि सन्दिप लामिछाने, कमल सिंह र पवन सर्राफले १–१ विकेट लिए ।

हारसँगै नेपालको एसीसी यु–१९ एसिया कपको यात्रा समाप्त भएको छ । अब उपाधिका लागि अफगानिस्तानले फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...