“अफगानिस्तानविरुद्ध दबाबमुक्त भएर खेल्नेछौं” : दास

मलेसियामा अभ्यासका क्रममा खेलाडीहरुलाई निर्देशन दिंदै प्रशिक्षक दास । (तस्विर नेपाल केलकुद पत्रकार मञ्च)

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा शुक्रबार नेपालले आफ्नो चिरप्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ ।

प्रतियोगितामा पहिलो पटक समूह चरण पार गर्दै सेमिफाइनल पुगेको नेपालले अफगानिस्तानसामू बलियो चुनौति पेश गर्ने नेपालका प्रशिक्षक बिनोद दास बताउँछन् ।

दास भन्छन् “शुक्रबार अफगानिस्तानविरुद्ध हुने खेल अति महत्वपूर्ण छ । अफगानिस्तान सधै उत्कृष्ट लयमा रहँदै आएको छ र केही महिना अघि मात्र हामीलाई दुई पटक पराजित गरेको थियो । तर त्यतिबेला र अहिलेको अवस्था फरक छ । हामी ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्ग सबैमा राम्रो गरिरहेका छौं ।

हामी अफगानिस्तानविरुद्ध पनि योजना बनाएर खेल्नेछौं । कसैलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई दबाब छैन । सबै दबाबमुक्त भएर खेल्नेछन् । नेपाली खेलाडीहरुले अफगानिस्तानविरुद्ध बलियो चुनौति पेश गर्ने विश्वास छ ।”

नेपाल र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार नेपाली समय अनुसार ७ बजेर १५ मिनटमा शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...