नेपाल र बंगलादेश सेमिफाइनलमा

मंगलबार आयोजक मलेसियालाई पराजित गरेपछि नेपाली यु–१९ क्रिकेट टोली । (तस्विर एसीसी)

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी एसीसी–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र बंगलादेश समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न बंगलादेश र भारतबीचको खेलमा बंगलादेशले भारतविरुद्ध ८ विकेटको जित हात पारेपछि समूह ए बाट बंंगलादेश समूह विजेता र नेपाल उपविजेताको हैसियतले अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

मंगलबार नै सम्पन्न समूह ए तर्फको अर्को खेलमा नेपालले आयोजक मलेसियालाई समान ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

समूह ए तर्फ शतप्रतिशत जित हात पारेको बंगलादेश ६ अंकसहित शिर्ष स्थानमा छ भने ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

उता २ अंक जोडेको साविक विजेता भारत र अंकविहिन आयोजक मलेसिया क्रमश तेस्रो र चौथो स्थानमा । यो नतिजासँगै डिफेन्डिङ्ग च्याम्पियन भारत र मलेसिया समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतियोगिता अन्तरगत अब पहिलो सेमिफाइनलमा बंगलादेशले बिहीबार पाकिस्तानको सामना गर्नेछ भने नेपालले शुक्रबार अफगानिस्ताको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...